१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
बजार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा केही वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर पाँच हजार ३५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App