सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुन तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार तीन हजार २०० रुपैयाँ बढेर प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ।
यसैगरी, आज चाँदीको मूल्यमा भने गिरावट देखिएको छ। आइतबार प्रतितोला चाँदी चार हजार ९७५ रुपैयाँमा कारोबार भएकोमा सोमबार १० रुपैयाँले घटेर चार हजार ९६५ रुपैयाँ कायम भएको छ।
प्रकाशित: ८ भाद्र २०८३ १०:४० सोमबार





