१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
बजार

आज सुनको मूल्य बढ्यो, घट्यो चाँदी

स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ७०० रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँमा कारोबार हुँदैछ। 

त्यस्तै, सोमबार प्रतितोला तीन हजार ७२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ४५ रुपैयाँले घटेर तीन हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App