१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
बजार

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलामा तीन हजार ११५ रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुनको मूल्य तोलामा दुई लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो। यस हिसाबले आज सुनमा प्रतितोला १९ सय रुपैयाँको गिरावट आएको छ। 

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। यसअघि तीन हजार १३५ रुपैयाँ प्रति तोला रहेको चाँदी आज २० रुपैयाँ सस्तो भएर तीन हजार ११५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८२ ११:०५ सोमबार