१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा आज (बुधबार) सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा नौ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ४८ हजार ८ सय पुगेको छ।

महासंघका अनुसार चाँदी पनि तोलामा २० रुपैयाँ बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ।

हिजो (मंगलबार) सुन तोलामा दुई लाख ४७ हजार ९ सयमा कारोबार भएको थियो भने चाँदी ३२ सय रुपैयाँ पुगेको थियो। 

प्रकाशित: १० मंसिर २०८२ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App