२२ असार २०८३ सोमबार
image/svg+xml
बजार

आज सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा कमी देखिएको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रति तोला दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रति तोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्यमा ९०० रुपैयाँको गिरावट आएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य घटेको छ। आइतबार चार हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले घटेर चार हजार ५८५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा नेपालमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने गर्दछ।

प्रकाशित: २२ असार २०८३ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App