५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य घट्यो

स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्यमा गिरावट देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुन तोलामा तीन लाख पाँच हजार ८०० रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १२५ रुपैयाँ घटेर चार हजार ८६० रुपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ४ फाल्गुन २०८२ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App