१२ वैशाख २०८३ शनिबार
image/svg+xml
बजार

शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला दुई हजार २०० रुपैयाँले गिरावट आएको छ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार घटेर दुई लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार प्रतितोला पाँच हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ९४५ रुपैयाँमा झरेको छ। यसरी आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको भाउमा फेरबदल भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ११ वैशाख २०८३ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App