खाना पकाउने ग्यासको अभाव भएका उपभोक्तालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा शनिबार काठमाडौंका पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने भएको छ।
अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर बिहान १० देखि साँझ ६ बजेसम्म तोकिएका स्थानहरू (टेकु, चाबहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहल) मा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।

प्रकाशित: २९ श्रावण २०८३ २०:२६ शुक्रबार


-600x400.jpg)


