५ माघ २०८२ सोमबार
image/svg+xml
बजार

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर  निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ७९ पैसा र बिक्री दर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ ३९ पैसा र बिक्री दर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८९ रुपैयाँ ५७ पैसा र बिक्री दर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्यांक एकको खरिद दर १७३ रुपैयाँ ४७ पैसा र बिक्री दर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०५ पैसा र बिक्री दर ९१ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ३७ पैसा र बिक्री दर १०१ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०९ रुपैयाँ ०१ पैसा र बिक्री दर १०९ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५१ पैसा र बिक्री दर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ४७ पैसा र बिक्री दर १९ रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ २६ पैसा र बिक्री दर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ३५ पैसा र बिक्री दर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ३१ पैसा र बिक्री दर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ०६ पैसा र बिक्री दर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ १८ पैसा र बिक्री दर ३३ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ ०७ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ८९ पैसा र बिक्री दर २१ रुपैयाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ८८ पैसा र बिक्री दर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिद दर ४५७ रुपैयाँ ५९ पैसा र बिक्री दर ४५९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिद दर ३७० रुपैयाँ ७७ पैसा र बिक्री दर ३७२ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिद दर ३६३ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६४ रुपैयाँ ६४ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर  भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको 'वेबसाइट'मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: ३१ श्रावण २०८२ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App