स्थानीय बजारमा साताको पहिलो दिन आज सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सुनको मूल्य दुई लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो। आज सुन चार हजार ८०० रुपैयाँले घट्दा चाँदी ७५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि यसअघि चाँदीको मूल्य तीन हजार ३५० रुपैयाँ थियो।
प्रकाशित: २ कार्तिक २०८२ ११:१९ आइतबार





