२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
बजार

डिशहोमका ग्राहकलाई बर्गर हाउसमा १० प्रतिशत छुट

डिशहोमले द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनसँग साझेदारी गर्दै आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकलाई देशव्यापी विशेष छुट सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।  

यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले नेपालभरका १५८ वटै आउटलेटमा फूड एण्ड बेभरेज सेवामा १० प्रतिशत छुट पाउनेछन्। द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र विभिन्न फास्टफूड परिकारका लागि प्रसिद्ध छ।  

डिशहोमका ग्राहकहरूले माइ डिशहोम एप मार्फत आफ्नो भर्चुअल प्रिभिलेज कार्ड सक्रिय गरी जुनसुकै आउटलेटमा देखाएमा छुट प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यो कदमले ग्राहकलाई आफ्ना मनपर्ने फास्टफूड परिकारहरू छुटसहित अनुभव गर्ने अवसर दिनेछ।

डिशहोमका सिइओ तारा मानन्धरले भने, ‘यो साझेदारीले नेपालको मनपर्ने फास्टफूड गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ।’ उनले थपे कि डिशहोमको भर्चुअल प्रिभिलेज कार्डले डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

प्रकाशित: २ भाद्र २०८२ १८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App