१४ चैत्र २०८२ शनिबार
image/svg+xml
बजार

बढ्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

नेपाल राष्ट्र बैंकले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यसअघि सोमबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको थियो। 

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४२ पैसा र बिक्रीदर १०० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ २४ पैसा र बिक्रीदर चार रुपैयाँ २६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ५९ पैसा र विक्रीदर ३५८ रुपैयाँ १५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदर लाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर  भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर  केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

प्रकाशित: ३१ असार २०८२ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App