केएल दुगर ग्रुपको ‘ज्ञान मसला’ ले आफ्नो ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ। सहकार्यमार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ ।
तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको छ । कम्पनीको अनुसार 'ज्ञान' ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ, र वर्षदेखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिँदै आएको कम्पनीले जनाएको छ ।
ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगरले खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी रहेको बताइन् । दशकसँगको बलियो सम्बन्धले उनलाई हाम्रो ब्राण्डका लागि उत्कृष्ट प्रतिनिधि बनाएको उनले बताइन् । आफ्ना मूल मान्यताहरूमा अडिग रहँदै अगाडि बढिरहँदा खड्कासँगको सहकार्य झन् अथपूर्ण हुने विश्वास लिएको समेत उनले बताइन् ।
लामो समयदेखि विभिन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पनि रहेको ज्ञान ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पुर्याउन आफूले स्वयं भूमिका खेल्ने उनले बताइन् । ज्ञान मसला १४ विभिन्न प्रकारमा उपलब्ध छ ।
प्रकाशित: २४ चैत्र २०८२ २०:२५ मंगलबार





