१४ चैत्र २०८२ शनिबार
image/svg+xml
बजार

दुई लाखको बाटोमा सुन : चाँदी पनि बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ, जुन सोमबारको तुलनामा दुई हजार नौ सय रुपैयाँले बढी हो। सोमबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँ कायम भएको छ। 

प्रकाशित: २० जेष्ठ २०८२ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App