८ असार २०८२ आइतबार
image/svg+xml
बजार

एक घण्टाभित्रै फाइनान्स स्वीकृति, ४.९९ प्रतिशत ब्याजदरमा 'प्रोटोन इ-मास ७'

नेपालमा प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले आफ्नो विद्युतीय सवारी प्रोटोन इ-मास७ का लागि नयाँ फाइनान्स योजना सार्वजनिक गरेको छ।

अब ग्राहकहरूले मात्र ६० मिनेटभित्र फाइनान्स स्वीकृति पाउन सक्नेछन् र केबल ४.९९ प्रतिशत ब्याजदरमा सवारीसाधन किन्न सक्नेछन्।

जुन नेपालकै अटोमोबाइल क्षेत्रमा पहिलो पटक भएको कम्पनीको दाबी छ।

यस योजनाले विद्युतीय सवारीलाई अझ सहज, सुलभ र किफायती बनाउँदै प्रोटोन इ-मास ७ को अपनत्वलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको छ।

जगदम्बा मोटर्सले आफ्नो ग्राहक–प्रथम नीति अन्तर्गत यस्तो पहल ल्याएको हो, जसले समावेशी र दिगो मोटरिङ भविष्यतर्फ नेपाललाई अघि बढाउने बताइएको छ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, 'हामी नेपालमा विद्युतीय सवारीको अपनत्वलाई तीव्र बनाउन प्रतिबद्ध छौं। वित्तीय पहुँचको बाधा हटाउने र सवारी सुलभ बनाउने हाम्रो मुख्य उद्देश्य हो। यस ६० मिनेटको फाइनान्स स्वीकृति योजना र ४.९९ प्रतिशत ब्याजदरले नेपाली उपभोक्ताहरूलाई सस्तो र सजिलो विद्युतीय सवारी रोज्न प्रेरणा दिनेछ।'

प्रोटोन इ-मास ७ ले पहिले नै आफ्नो प्रदर्शन, सुरक्षा र भविष्यमुखी डिजाइनको कारण लोकप्रियता कमाएको छ।

यो नयाँ योजनासँगै प्रोटोन इ-मास७ को माग अझ बढ्ने अपेक्षा कम्पनीको छ। जसले उपभोक्ताहरूलाई विद्युतीय सवारीतर्फ सजिलै रूपान्तरण गर्न सहयोग पुग्नेछ।

प्रकाशित: ७ जेष्ठ २०८२ १७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App