२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
बजार

महँगी ५.६ प्रतिशत

पछिल्लो समय महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चार महिनाको वित्तीय अवस्थामा उपभोक्ता मुद्रास्फीति ५.३० प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष कात्तिकमा मुद्रास्फीति ५.३८ प्रतिशत रहेकोमा यो वर्ष बढेर ५.६० प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति खाद्य समूहमा ५.९८ प्रतिशत र गैरखाद्यमा ४.९९ प्रतिशत थियो ।

चार महिना (साउन-कात्तिक) मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३३.९९ प्रतिशत, दाल तथा गेडागुडी १०.७८, खाद्य तथा खाद्यजन्य पदार्थ १०.१५ र घिउ तथा तेलको ९.२९ प्रतिशत बढेको छ ।

यस्तै मरमसला उपसमूहको १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थ १.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशत घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.४१ प्रतिशत, मदिराजन्य पेय पदार्थ ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशत बढेको छ ।

प्रकाशित: २७ मंसिर २०८१ १९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App