२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अपराध

प्राइभेट भिल्ला पार्टी (१८+) को प्रलोभन देखाएर ठगी गर्ने युवक पक्राउ

सामाजिक सञ्जालमार्फत प्राइभेट भिल्ला पार्टी (१८+) को नाममा ठगी गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जाल फेसबुकमा नेपाल सर्भिस नामक आईडी तथा ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिलाई पैसा अनुसारका युवती तथा मादक पदार्थसहित काठमाडौंका विभिन्न स्थानमा रहेको घरमा पार्टीको व्यवस्था गरिदिने भन्दै प्रलोभन देखाएर ठगी गर्ने गरिएको थियो।

उक्त गतिविधिबारे सूचना प्राप्त भएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा भारतको ओडिशा राज्य, केन्द्रापडा निवासी तथा हाल काठमाडौं महानगरपालिका–२३ झोछे बस्दै आएका १९ वर्षीय सुभम मोहन्तीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

उनका अनुसार मोहन्तीलाई जेठ २० गते काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट पक्राउ गरिएको हो। पक्राउपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App