२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

‘फेक एकाउन्ट’ बनाई महिलाहरूलाई अश्लील भिडियो पठाउने युवक पक्राउ

एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी रामधुनी नगरपालिका-३ घर भएका दिनेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई महिलाहरूलाई लक्षित गरी साथी बनाई कुराकानी गर्ने, अश्लील भिडियो पठाउनुका साथै अपशब्द प्रयोग गरी गाली गलौज तथा चरित्र हत्या समेत गर्ने कार्य गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय पकली सुनसरीको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई सुनसरीबाट पक्राउ गरेको हो।

उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ भाद्र २०८२ २१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App