६ माघ २०८२ मंगलबार
image/svg+xml
अपराध

छुरा प्रहारबाट श्रीमतीको ह*त्या

सांकेतिक तस्बिर

उदयपुरको बेलका-३ किरात चोकका खगेन्द्र राईले श्रीमतीको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रहार गरी आज बिहान आठ बजेको समयमा श्रीमती भावना भनिने गंगा राईको हत्या गरेका हुन् ।  

घरायसी झगडा बढेपछि खगेन्द्रले भावनालाई छुरा प्रहार गरेको र उपचारका क्रममा बीपी स्वास्थ् विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको प्रहरीले जनाएको छ ।  

श्रीमतीको हत्या गरी उनले पनि आत्महत्यासको प्रयास गरेको प्रहरीको भनाइ छ । खगेन्द्रलाई स्थानीयले जोगाएका थिए । घटनास्थलको मुचुल्का गरी शव पोस्टमाटम गर्न जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले जानकारी दिए ।

प्रकाशित: २० पुस २०८२ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App