कालीकोटकोमा बाबुको हत्या गरेको आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ। सान्नित्रिबेणी गाउँपालिका–४ मेहलमुडी घर भई सोही गाउँपालिका–९ मुम्रा बस्ने ४८ वर्षीय सूर्यबहादुर शाहीको हत्या आरोपमा उनकै श्रीमती र छोरालाई प्रहरीले पक्राउ गरेको हो।
गत जेठ २७ गते साँझ ८:३० बजेको समयमा सान्नीत्रिवेणी–९ सुपेचौरस्थित गोरेटो बाटोमा मृत अवस्थामा शाहीको शव फेला परेको थियो।
अनुसन्धानबाट उनकै छोरा र श्रीमतीको संग्लनता भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए। उनका अनुसार उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो।
१८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया श्रीमती राजकला शाहीले जेठ २७ गते सुपेचौरस्थित गोरेटो बाटोमा ढुङ्गाले टाउकोमा प्रहार गरी मारेको खुल्न आएको सूचना अधिकारी ज्ञवालीले बताए।
पक्राउ परेका शाहका श्रीमती र छोरालाई कालीकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असार २०८३ २०:३९ शुक्रबार





