७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

जब चाँगुनारयणमा चोरी गर्न बस नै लिएर आए चोर...

पछिल्लो समय चोरी हुने तरिका पनि परिवर्तन भएको पाइएको छ। भक्तपुरमा बस लिएर आएरै चोरी भएको फेला परेको हो।  

जिल्लाको चाँगुनारयण नगरपालिका क्षेत्रमा बस नै लिएर चोरी गर्न पुगेको भेटिएको हो। चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित एउटा इँट्टाभट्टामा रोकिराखेको निसान ट्रकहरूबाट डिजेल चोरी भएको हो।

चोरी गर्दै गरेको अवस्थामा ती चोरहरूलाई स्थानीयले पक्राउ गरेका छन्। उनीहरूको साथबाट बा ४ ख ४२८० नम्बरको बस पनि नियन्त्रणमा लिइएको छ। स्थानीयहरूले रातिको समयमा उनीहरूलाई नियन्त्रणमा लिएका थिए। 

चोरीमा संलग्न बसका चालक, सहचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट अन्दाजी ४० लिटर डिजेल पनि बरामद भएको छ। बसलाई प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले नियन्त्रणमा लिएका थिए। पछि जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई पुर्याइएको थियो।  

पक्राउ पर्नेहरूमा एक जना महिला र बाँकी तीन जना पुरुषहरू छन्। बसका चालक काभ्रे पाँचखाल न.पा ११ घर भई हाल भक्तपुर च्यामासिंह बस्ने वर्ष ३२ का सरोज सुनार, बसका सहचालक भक्तपुर चाँगुनारायण न.पा ७ बागेश्वरी बस्ने वर्ष ३२ का अमिर लामा, भक्तपुर सूर्यबिनायक न.पा ७ बस्ने वर्ष २७ का सुमन तामाङ, काठमाडौं थानकोट घर भई हाल च्यामासिंह बस्ने वर्ष २७ की पूर्णिमा महर्जन रहेका छन्।

घटना राति भएको थियो। रातको समयमा चोरी भइराखेको स्थानीयले देखेका थिए। त्यसपछि स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिने क्रममा रिसको झोकमा चोरहरूमाथि केहीले कुटपिट पनि गरेका छन्। त्यसपछि ती चोरहरूलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएको थियो। सामान्य उपचारपछि उनीहरू अस्पतालबाट डिष्चार्ज भइसकेका छन्।

प्रकाशित: २ भाद्र २०८२ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App