उखु किसानलाई २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम नतिरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-२ का शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका-१ घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार छन्।
उखु किसानलाई लामो समयदेखि २२ करोड रुपैयाँभन्दा बढी भुक्तानी नदिएपछि उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा फरार रहेका दुवै जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको हो।
हाल उनीहरूविरुद्ध उक्त कसुरमा अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० असार २०८३ १७:२८ मंगलबार



-600x400.jpg)

