१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
अपराध

४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

प्रहरीले मकवानपुरबाट ४२.४१० किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा हेटौंडाबाट बारातर्फ जाँदै गरेको भारतीय बिआर १ एपी ६०७३ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले ४२.४१० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गाडी चालक भारतको वैशाली जिल्ला महुवा टोल बस्ने करिब २५ वर्षीय बिर्जु कुमार राय र सोही स्थानका करिब २६ वर्षीय मन्जय कुमार राय रहेका छन्।

प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट प्रहरी नायब निरीक्षक प्रमोद प्रसाद साहको कमाण्डमा खटिएको टोलीले गाडीको बोनट, चालकको सिटमुनि खुट्टा राख्ने स्थान तथा चालकको साइडको सिटमुनि फल्स बटम बनाएर लुकाइछिपाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

नियन्त्रणमा लिइएका व्यक्ति र बरामद गरिएको गाँजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०८३ १८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App