१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
अपराध

हवाई फायर गरी दुई लागुऔषध कारोबारी पक्राउ, २८ ग्राम ब्राउन सुगर बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीमा रहेको राधाकृष्ण नास्ता पसलमा हवाई फायर गरी २ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरिएको छ।

कृष्णबहादुर विश्वकर्माले सञ्चालन गरेको नास्ता पसलमा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खाजेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरी २८ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।

विशेष सूचना आधारमा आइतबार दिउसो २ बजेतिर इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्की तथा लागुऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त टोलीले हवाई फायर गरी दुई जनालाई नियन्त्रणमा लिएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय सलाउँद्दीन  मुसलमान र  बाणगंगा नगरपालिका २९ वर्षीय ६ का उमेश थारु लागुऔषधसहित पक्राउ परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

कोरोबारीहरुले प्रहरीलाई देखेर भाग्न खोज्दा प्रहरी सहायक निरीक्षक सागर भट्टराईले सानो हतियारले २ राउन्ड हवाई फायर गरेका थिए।

युपी ५५ एभी २६५९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलको सिट मुनि प्लास्टिकको थैलीमा लुकाइएको अवस्थामा सो लागुऔषध बरामद गरिएको थियो।

घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। लागुऔषध नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएपछि धमाधम लागुऔषधका कारोबारी पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए।

प्रकाशित: १५ कार्तिक २०८३ १७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App