१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
फोटो फिचर

तिहारको चटारो, माटोको पाला बनाउन भ्याइ नभ्याइ (तस्बिरहरु)

तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई माटोका पाला बनाउन भ्याइ नभ्याइ छ।

तिहारलाई लक्षित गरी भक्तपुरका स्थानीयहरू माटाका पाला बनाउन व्यस्त छन्। तिहारमा माटोको पालामा बत्ती बाल्ने परम्परा छ।

पछिल्लो समय विदेशी पर्यटकसमेत माटोका पाला बनाउने परम्पराको अध्ययन तथा अवलोकन गर्न भक्तपुर आउने गरेका छन्।

तर, झिलिमिली विद्युतीय बत्तीको बढ्दो प्रयोग, माटोका पालाको नक्कल गरी अन्य स्थानमा उत्पादीत पाला आयात हुन थालेपछि स्थानीय पालाको माग घट्दै गएको छ।

कुनै समय तिहारका बेला पाला बेच्न भ्याइ नभ्याइ हुने प्रजापति समुदायलाई पछिल्ला वर्षहरूमा पाला बिक्री गर्न कठिन हुन थालेको छ।

प्रकाशित: १५ कार्तिक २०८३ १८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App