१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अपराध

पोखराबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

पोखराको पृथ्वीचोकबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा महानगरपालिका–३२ का ३७ वर्षीय बिनोद ढकाल र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनीका ३८ वर्षीय बिकाश लामालाई प्रहरी लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

सोमबार साँझ ग १ ख ४४९९ नम्बरको हाइस गाडीमा सवार उनीहरुको साथबाट ३.८९ ग्राम खैरो हेरोइन (ब्राउनसुगर) बरामद भएको थियो। 

पोखरातर्फ आउँदै गरेको हाइसमा लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पृथ्वीचोकमा गाडी रोकेर खानतलासी गर्दा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि १५ दिनको म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८२ १८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App