१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

कम्प्युटरको ‘सोर्स कोड’ चोरी गर्ने दुई जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोले सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) चोरी गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सर्लाहीका २६ वर्षीय सुजन कुमार महतो र धादिङका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन्। 

उनीहरू काठमाडौं र ललितपुरबाट पक्राउ परेका हुन्। उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिएका छन्। 

प्रकाशित: २३ श्रावण २०८२ १६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App