५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अपराध

गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ

सांकेतिक तस्बिर

सुनका गरगहना चोरी गरी बिक्री  गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौंको नयाँबसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौंको नयाँबजार बस्ने ३६ वर्षीय रामकृष्ण विक रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनको गरगहना चोरीमा क्षेत्री र बेचबिखनमा विक सङ्लग्न रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।  

प्रहरीले पक्राउ परेका क्षेत्रीको साथबाट रेडमी मोबाइल एक थान, आइफोन चार थान, फलामको छिनो एक थान र अमेरिकी डलरसमेत बरामद गरेको छ ।  

यस्तै, विकसँग सुनको ब्रासलेट एक थान, औँठी एक थान, नथी एक थान, तिलहरि एक थान, सिक्री एक थान, पाउजू एक थान, बाला एक थानलगायतका गरगहना बरामद गरेको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।  

 

प्रकाशित: ६ पुस २०८२ १९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App