रुपन्देहीको सिद्धार्थ नगरपालिका–०८ स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीन वटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिइएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको थियो।
सो क्रममा दुईवटा ट्याङ्कर उक्त स्थानमै फेला परेका थिए भने अर्को एक ट्याङ्कर घटनास्थलबाट भागी फरार भएकोमा प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको हो।
नियन्त्रणमा लिइएका तीन वटै ट्याङ्कर र एक जना व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० भाद्र २०८३ १५:२७ मंगलबार




-600x400.jpg)
