३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

भ्रष्टाचार मुद्दामा फरार रहेका वडासदस्यसहित तीन जना पक्राउ

भ्रष्टाचार मुद्दामा जिल्ला अदालतबाट सजाय तोकिएका तीन जना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  

२०७८ फागुन २३ गते अदालतले तीन तीन महिना कैद र ३७ हजार ९२१ रुपैयाँ जरिवाना तोकिएको भए पनि उनीहरू सजाय भोग्न नआइ फरार भएका थिए ।

प्रहरीका अनुसार फरार घोषित व्यक्तिहरूमा साविक वडा सदस्य कहरसिंह थापा मगर, नायब मुन्बा खिमलाल पाण्डे र सब–ओभरसियर नेत्र बिक्रम थारु रहेका छन्। तीनै जनालाई भ्रष्टाचार प्रकरणमा संलग्न ठहर गर्दै अदालतले समान अवधि र रकममा सजाय सुनाएको थियो।

फरारहरूलाई पक्राउ गरी अदालतको आदेश कार्यान्वयन गर्न प्रहरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

प्रकाशित: १ मंसिर २०८२ १८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App