२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन एक जना स्वयंसेवक परिचालन गरेको छ।  

उक्त कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार यही फागुन १७ गतेसम्म सञ्चालन गरिने छ। स्वयंसेवकहरू प्रत्येक मतादाताका घरआँगनमा पुगेर सही ढङ्गले मतदान गर्न सिकाउने छन्।

आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो।

प्रकाशित: ३ फाल्गुन २०८२ १७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App