२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अपराध

आमा बिरामी भएको बहाना बनाई नक्कली गहना धितो राखेर ५ लाख ठगी गर्ने तीन पक्राउ

ललितपुरका एक सुनचाँदी व्यवसायीलाई नक्कली गहना धितो राखेर ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

आमा बिरामी भएको बहाना बनाई नक्कली बिलसहित सुनको लेप लगाएको गहना राखेर ठगी गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४५ वर्षीया मीनाकुमारी सुनुवार, भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका-१ का ३८ वर्षीय कालिदास धतानी र भक्तपुर नगरपालिका-८ बस्ने झापा अर्जुनधारा नगरपालिका-३ का २७ वर्षीय अजित विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आमाको उपचारका लागि तत्काल रकम आवश्यक परेको भन्दै व्यवसायीलाई विश्वासमा पारेका थिए। त्यसपछि सुनको लेप लगाएको नक्कली गहनालाई सक्कली भन्दै नक्कली बिलबिजक पेस गरी ५ लाख रूपैयाँ ऋण लिएर उनीहरू सम्पर्कविहीन भएका थिए।

पक्राउ परेकाहरूको साथबाट सुन र चाँदीजस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरिएको प्रहरीले जनाएको छ। यस घटनाको सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरले थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App