२८ मंसिर २०८२ आइतबार
image/svg+xml
अपराध

तिहार लक्षित सुरक्षा जाँच, तीन दिनमै साढे दुई लाखको पटाका बरामद

प्रहरीले पटाखा भित्रन नदिन जिल्लाका सीमा नाकामा निगरानी बढाएको छ । तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाखाजन्य पदार्थको नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाएको हो  । बढी मुनाफा पाउने भएपछि व्यापारीले विभिन्न नाकाबाट लुकाइछिपाइ  पटाखा भित्राउने गरे पछि प्रहरीले त्यसलाइ निस्तेज पार्न नाकामा निगरानी बढाएको हो ।  

गत असोज २० देखि २२ गते सम्म प्रहरीले सीमा नाका र आसपासका क्षेत्रमा २ लाख ६३ हजार बढीको पटाका बरामद गरेका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । ‘हामीले नाकामा पटाखाका भित्रन नदिन विशेष निगरानी बढाएका छौँ’ प्रहरी उपरीक्षक आचार्यले  भने ’ खुला सीमाका कारण रोकथाममा भने चुनौती छ ।’

कारागारबाट कैदीबन्दीहरु फरार भएको र कपिलवस्तु सुरक्षाको दृष्किोणले अति संवेदनशील सूचीमा पर्ने भएकाले बिस्फोटजन्य पदार्थको ओसारपोसार, बिक्रीवितरणमा विशेष निगरानी गरिएको आचार्यले बताए । 

प्रकाशित: २२ आश्विन २०८२ २०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App