४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

लागूऔषधसहित रेम्बो पक्राउ

फाइल तस्बिर

प्रतिबन्धित लाागूऔषधसहित एक युवकलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो साढे तीन बजेको समयमा त्रियुगा नगरपालिका १० बोक्सेचोक नजिकैबाट त्रियुगा ९ रातमाटेका रेम्बो नामका जहानसिंह खत्री पक्राउ परेका हुन् ।  

उनको साथबाट ४ सय ५० एम्पुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णु खड्काले बताए । लागूऔषधको कारोबार भईरहेको विशेष सूचनाका आधारमा खटेको टोलीले रातमाटेका ३२ वर्षीय खत्री पक्राउ गरेको खड्काले बताए ।  

खत्रीको साथबाट डाइजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० र ब्रुपिनोर्फिन १ सय ५० गरि जम्मा ४ सय ५० एम्पुल लागूऔषध बरामद भएको छ । प्रहरीले उनको साथबाट नगद ३८ हजार ६०, १ थान मोबाइल, सुनकोजस्तो देखिने पहेँलो चन्द्रमा १ थान र १ थान सुनकैजस्तो देखिने औठी पनि बरामद गरेको छ ।

पक्राउ परेका खत्रीलाई बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान गर्ने काम सुरु भएको खड्काले बताएका छन् ।  

 

प्रकाशित: २५ पुस २०८२ २०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App