२२ पुस २०८२ मंगलबार
image/svg+xml
अपराध

बील नभएका गरगहना नकिन्न प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कागजात नभएका र अबैधानिक बहुमूल्य गरगहनासहितका सामग्रीको खरिद तथा बिक्री नगर्न आग्रह गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले बिहीबार साँझ एक सूचना जारी गरी त्यस्ता सामग्रीहरुको खरिद तथा बिक्री भइरहेको भन्ने गोप्य सूचना प्राप्त हुन आएको भन्दै कागजातविहीन त्यस्ता सामग्रीको खरिद तथा बिक्री नगर्न नगराउन आग्रह गरेका छन् ।  

प्रहरी निरीक्षक बस्नेतका अनुसार जेन-जी प्रदर्शनका क्रममा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा भएको आगजनी तथा लुटपाटका सामग्री हुन सक्ने भएकाले किन्नेले पनि सावधानी अपनाउन आग्रह गरिएको हो । 

प्रकाशित: २ आश्विन २०८२ १९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App