२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

रुवी साहको हत्या आरोपी पासवानले आफैँलाई आगो लगाए

घाइते अवस्थामा पक्राउ परेका हत्या आरोपी पासवान ।

रुवी साहको हत्या आरोप लागेका लक्ष्मण पासवनले आफैँलाई आगो लगाएका छन् ।  

शरीरमा आगो लगाएका अवस्थामा पासवानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आगोले शरीर जलेको भएकाले उनलाई उपचार गर्न अस्पताल भर्ना गरिएको छ ।  

प्रहरीका अनुसार पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् ।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बुधबार बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको एसपी गिरीले बताए । उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ ।

रुवी साहको हत्या गरी सुटकेसमा राखेर फालेको आरोपमा पासवान प्रहरीको खोजी सूचीमा थिए । रुवी गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी थिइन्, तर उनको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

प्रकाशित: ११ भाद्र २०८२ १५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App