२९ असार २०८३ सोमबार
image/svg+xml
अपराध

ट्याक्टरमा १७५ किलो गाँजा तस्करी, १७ वर्षीय किशोर पक्राउ

धनकुटाको महालक्ष्मी नगरपालिकामा प्रहरीले करिब १७५ किलो अवैध लागूऔषध गाँजासहित एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

ट्याक्टरमा लुकाएर भारी परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा शनिबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले महालक्ष्मी नगरपालिका–६ माङमायामा सवारीसाधन जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।

चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टरलाई रोकेर हेर्दा २२ वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा १७५ किलो ५७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यति ठूलो परिमाणको लागूऔषध ओसारपसारमा महालक्ष्मी नगरपालिका-४ का १७ वर्षीय किशोर संलग्न भेटिएपछि ट्याक्टरसहित उनलाई तत्काल पक्राउ गरिएको हो।

यस तस्करीमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ असार २०८३ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App