२४ असार २०८३ बुधबार
image/svg+xml
अपराध

जग्गा विवाद उग्र हुँदा एकको हत्या : दुई जना पक्राउ

रौतहटमा जग्गा विवादको विषयमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ३, औरैया गाउँमा जग्गाको विषयमा छुरा प्रहारबाट स्थानीय ६० वर्षीय बुटन साहको हत्या भएको हो।

मंगलबार राति ८:१५ बजेको समयमा स्थानीय रामेश्वर साह र बुटन साहबिच जग्गाको विषयमा वादविवाद भइरहेको क्रममा रामेश्वर साहले अन्धाधुन्ध छुरा प्रहार गर्दा बुटन गम्भीर घाइते भए।

छुरा प्रहारबाट बुटनको ढाडमा गम्भीर घाउ लागेको थियो। उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मंगलबार राति ९ बजे मृत्यु भएको प्रहरीले बताएको छ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न राममहेश्वर साह र रामऔतार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २४ असार २०८३ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App