जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ।
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्ने ४० वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए। पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउण्ड सात थान बरामद गरिएको छ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २ कार्तिक २०८२ ०६:५७ आइतबार





