भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली सकुम्बासी बस्तीबाट प्रहरीले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ।
सर्लाही लालबन्दी नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली सकुम्बासी बस्तीमा बस्ने वर्ष ४० को गोपाल वि.क. को साथबाट ५.५६ केएफ १३ लेखिएको लाइफ राउण्ड थान ७ फेला पारी बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
पक्राउ परेका उनलाई भक्तपुर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले बताए।
प्रकाशित: ३० आश्विन २०८२ २०:२६ बिहीबार





