प्रहरीले सुर्खेतको बराहताल गाउँपालिका– ४ बाट अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट तरंगा तथा इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले बराहताल– ४ का ५३ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरेको हो।
उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याएर हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
प्रकाशित: ११ वैशाख २०८३ १४:३४ शुक्रबार





