१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

मोटरसाइकल दुर्घटनामा क्रिकेटर आदिल अन्सारी घाइते

बारा 

मोटरसाइकल दुर्घटनामा परेर अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारी घाइते भएका छन्। 

सिमौनगढको नयाँ टोलबाट कलैया तर्फ जाँदै गरेका अन्सारी थलही खोलाको पुलमा दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार उनले चलाउँदै गरेको स्कुटी अचानक अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो।

दुर्घटनापछि स्थानीय र प्रहरीले तत्काल उद्धार गरी अन्सारीलाई अस्पताल पुर्‍याएका थिए। उनको अवस्था हाल सामान्य रहेको जनाइएको छ।

उपचारका लागि उनलाई वीरगन्जस्थित अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ११ वैशाख २०८३ १५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App