२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अपराध

पाँच किलो गाँजासहित एक जना पक्राउ

लागू औषध गाँजासहित उदयपुरमा एक जना पक्राउ परेका छन् ।  

चौदण्डीगढी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले सप्तरीको कन्चनरुप नगरपालिका ९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई पक्रेको हो ।

बेलका नगरपालिका ९ को रामपुरबाट सप्तरीको कन्चनपुरतर्फ जादै गरेको प्र.२-०१-००३ प २९३५ नं.को मोटरसाईकलमा सवार रामको साथबाट ५ किलो १ सय ग्राम गाँजा बरामद भएको छ ।  

बुधबार साँझ मोटरसाईकल सवार रामलई चौदण्डीगढी ३ पैतालिस चोकमा शंका लागेर चेकजाँच गर्दा लुकाईछिपाई राखेको अवस्थामा गाँजा बरााद भएको जिल्ला प्रहरी कार्यालउ उदयपुरले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिलला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए।

 

प्रकाशित: १८ मंसिर २०८२ १५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App