लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट प्रहरीले लागू औषधसहित एक जनालाई बिहीबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका–७ बिजयकालिका टोलका ३७ वर्षीय महेन्द्र सुवेदी छन् । शंकास्पद रुपमा रहेका सुवेदीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ४ ग्राम २ सय मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
सुवेदीलाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।
प्रकाशित: ६ भाद्र २०८२ १५:३९ शुक्रबार





