२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अपराध

८० ट्याब्लेट र ६ एम्पुल लागूऔषधसहित एक पक्राउ

कटारीका एक युवा लागूऔषधसहित लालपत्ताबाट पक्राउ परेका छन्। उदयपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका-६ लालपत्तास्थित प्रहरी चौकीले उनलाई पक्राउ गरेको हो।

चौकीको गस्ती प्रहरी टोलीले सोमबार दिउसो ४:४५ बजेको समयमा त्रियुगा नगरपालिका-६ लालपत्ताबाट पक्राउ पर्नेमा कटारी नगरपालिका-७ भोर्ले बस्ने २३ वर्षीय किरण नेपलाी छन्। उनको साथबाट प्रतिबन्धित लागूऔषध औपीडोल ८० ट्याबलेट, डायजेपाम २ एम्पुल, बुप्रेनोर्फिन २ एम्पुल र फेनार्गन २ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ नेपालीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन्।

प्रकाशित: १६ मंसिर २०८२ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App