९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अपराध

वैशाखमा मात्रै २३ सय बढी फरार प्रतिवादी पक्राउ

नियमित गस्तीमा रहेको प्रहरीले  गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दाका दुई हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६, कोशी प्रदेशबाट ३२६, मधेसबाट ७३०, बागमतीबाट १९९, गण्डकीबाट २०४, लुम्बिनीबाट ३३०, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ८४ जना पक्राउ परेका हुन्।

उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ। उनीहरूबाट रु २१ करोड ५३ लाख ६९ हजार ११० जरिवाना असुलउपर गरिएको छ।

प्रहरीले कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गर्दै आएको छ। रासस

प्रकाशित: ८ जेष्ठ २०८३ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App