१ असार २०८३ सोमबार
image/svg+xml
अपराध

धादिङमा महिलामाथि जबरजस्ती करणी आरोपमा एक पुरुष पक्राउ

धादिङमा एक २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।

त्रिपुरासुन्दरी गाउँपालिका-२ वंशगाउँ बस्ने श्रीकृष्ण श्रेष्ठलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी र सूचना प्राप्त भएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो।

उजुरीको गम्भीरतालाई ध्यानमा राख्दै जिल्लाबाट खटिएको विशेष टोलीले श्रेष्ठलाई उनकै बसोबास क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि जबरजस्ती करणीको कसुरमा थप कानुनी प्रक्रिया अगाडि बढाएको छ। घटनाको प्रकृति, समय र परिस्थितिबारे विस्तृत अध्ययन भइरहेको र प्रमाणहरू संकलन गर्ने कार्यलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ असार २०८३ १६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App