१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:२७ पूर्वाह्न
अपराध

श्रेष्ठमाथि कुटपिटको २० दिनसम्म पनि अनुसन्धानमा आलटाल

बालाजुको विष्णुमती करिडोरमा भएको एक झगडामा घाइते भएका पीडितका आफन्तहरूले प्रहरीले जाहेरी लिन नमानेको भन्दै गुनासो गरेका छन् । 

गोरखा जिल्ला आरुघाट गाउँपालिका आरुचनौटे ९ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने वर्ष ३९ को दिनेश श्रेष्ठमाथि भएको आक्रमणको विषयमा प्रहरीले जाहेरी लिन आनाकानी गरेको गुनासो गरेका हुन् । प्रहरीले जाहेरी लिन आनाकानी गरेपछि पीडितहरूले  हुलाकमार्फत प्रहरी परिसर काठमाडौंमा जाहेरी पठाएको बताएका छन् ।

घाइते श्रेष्ठमाथि काठमाडौँ तारकेश्वोर नगरपालिका ११ का वार्ड अध्यक्ष कविराज बस्नेतसहितका केही व्यक्तिहरूले ढुंगा प्रहार गरी घाइते बनाएको उजुरीमा उल्लेख छ । उनको टाउकोमा गहिरो चोट लागेको र उपचारका लागि विदेश लैजानुपर्ने अवस्था रहेको घाइतेका काका रोशन श्रेष्ठले बताए । 

प्रहरीमा उजुरी दिन जाँदा उजुरी नलिएको र त्यसपछि हुलाक मार्फत उजुरी गर्नुपरेको बताएका थिए । तर बालाजु वृत्तका डिएसपी ज्ञानबहादुर विष्टले उजुरी नलिएको विषय सत्य नभएको बताए । ‘उहाँको उजुरी दर्ता गरेर प्रक्रिया अघि बढिसकेको छ, घट्नाको अनुसन्धान भइरहेको छ, प्रक्रिया जारी रहेको छ’, डिएसपी विष्टले भने ।

घाइते नेपाली काँग्रेस आरुघाट  काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष रोशन श्रेष्ठका भतिज रहेका छन् । उनीमाथि आक्रमण भएपछि असार २५ मा प्रहरी वृत्त बालाजुमा जाहेरी दिन गएका थिए । तर त्यहाँ दर्ता नभएपछि  जिल्ला प्रहरी परिसर काठमाडौँमा जाँदा पनि बालाजु वृत्तमै दर्ता गर्नु भनेर फर्काइएको थियो । 

त्यसपछि पीडितहरूले  असार २९  मा हुलाक कार्यालयमार्फत प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई जाहेरी दर्ताको लागि पठाइको थियो । त्यसपछि साउन ५ मा जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला सरकारी वकिल कार्यालयबाट जाहेरी दर्ता गर्नु आदेश दिएको थियो ।

प्रकाशित: १६ श्रावण २०८२ १८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App