१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अपराध

विमानस्थलबाट गाँजासहित समातिए भारतीय नागरिक

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत् आज काठमाडौं आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।  

बरामद गाँजासहित निजलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित: ३० चैत्र २०८२ १६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App